नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति मकवानपुरले संस्थाको २७ औँ स्थापना दिवस मनाएको छ ।

थाहा नगरपालिकाको वडा नम्बर ५ फुर्केमा २६ माघमा दीप प्रज्वलन गरेर स्थापना दिवस मनाएको तमु विद्यार्थीका केन्द्रिय सदस्य अमृता गुरूङले जानकारी दिइन् । स्थापना दिवसको अवसरमा फुर्केको गुरुङ सामुदायिक भवनमा भेला भएका विद्यार्थी र तिनका अभिभावक संस्थाका प्रतिनिधिहरूले एकापसमा शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रम तमु विद्यार्थी जिल्ला कार्यसमिति अध्यक्ष दिनेश गुरुङको सभाध्यक्षमा सम्पन्न भएको हो।

पालिका प्रेस
थप जानकारी