बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा कार्यालयका कामलाई पूर्ण ‘डिजिटल’ बनाएर सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको बताएका छन् ।

काठमाण्डौँ उपत्यकामा यातायात ब्यवस्था तथा सेवा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्याक्रममा मन्त्री श्रेष्ठले अहिलेको समयमा पनि यातायात कार्यालय पुरानै शैलिमा सञ्चालन हुनु दुखको विाष् भएको भन्दै अब पूर्ण रुपमा डिजिटल प्रणालीबाट सेवा प्रदान गर्न मन्त्रालय लागि परेको बताए । ढण्डा खोजेर काम गर्ने प्रचलनले जनताले दुख पाएको भन्दै अब कर तिर्ने, नविकरण गर्ने जस्ता कामलाई डिजिटल माध्यमबाट ल्रजान मन्त्रालयले तयारी गरेको बताए ।

यातायात क्षेत्र देशकै महत्वपूर्ण क्षेत्रको रुपमा रहेको भन्दै जनतालाई अनावश्यक दुःख दिने तरिकदाई अब सुधार गरेर छिटो, छरितो सेवा के गरि प्रवाह गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले अध्ययन गरेर र सोहि अनुसारको काम समेत अघि बढाईने बताए । मुस्कान सहितको सेवा दिन मन्त्री श्रेष्ठको कर्मतचारीलाई निर्देशन कार्यक्रमको क्रममा मन्त्री श्रेष्ठले सेवाको लागि कार्यालय आउने सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्नको लागि कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

कार्यालयमा काम गर्न आउने जनताहरु उदास भएर हैन खुसी भएर फर्कनुपर्ने अवस्थाको सृजना हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठले कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यालयमा सोहि अनुसारको ब्यवस्थापन गर्न निर्देशन दिएका हुन् । यातायात क्षेत्रमा आम जनताको गुनासो अत्याधिक रहेको भन्दै मन्त्री श्रेष्ठले नियमित काम हुँदा पनि गुनासाहरु किन बढेको भन्नेतर्फ सचेत भएर काम गर्नको लागि कर्मचारीहरु चनाखो हुनुपर्ने बताए । उनले भने ‘हामीले नियमित जनतालाई सेवा दिने काम गरेका छौँ, तर हाम्रा कार्यालयहरुमा किन जनगुनासो बढि भए ? यो सोचनिय विषय छ, हामीमा भएका कमजोरीलाई सच्याउँदै लैजानु पर्छ र जनतालाई केन्द्रमा राखेर काम गर्नुको कुनैपनि विकल्प छैन् ।’

मन्त्री श्रेष्ठले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र काम नगर्ने कर्मचारीलाई दण्ड बनाउने तयारी गरेको बताए । यातायातको क्षेत्रमा आवश्यक प्रदेशका ऐन, कानुन, कार्यविधि निर्माणको लागि मन्त्रालय लागिसकेको भन्दै जनताले ट्रायल पास गरेको केहि दिनमानै ‘स्मार्ट लाईसेन्स’ पाउने गरि काम गर्न आफुहरुले तयारी गरेको उल्लेख गरे ।

पालिका प्रेस
थप जानकारी