नेकपा एमाले थाहानगर कमिटिले नगरको चौतर्फी विकासे योजनाको कार्यान्वयनको लागि १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले थाहानगर मकवानपुरले नगर प्रमुख विष्णु वहादुर विष्टलाई ३ फागुनमा ध्यानाकषण पत्र बुझाएको हो ।

नेकपा एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकालको नेतृत्वमा आएको टोलीले विभिन्न विषयमा पार्टीको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ–‘नेकपा एमालेले थाहानगर स्थापना कालदेखि नै थाहानगरको समृद्धिको बाटो तय गर्ने सम्बन्धमा महत्वपूर्ण भुमिका खेल्दै आइरहेकोले आम थाहा नगरबासीको विकासको परिकल्पनालाई साकार पार्न आफ्नो पार्टीले सो भुमिकामा कुनै कमी हुन नदिने र स्थानीय सरकारलाई पटक पटक सुझाव र ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको विगतको विसंगती नदोहो¥याउन ध्यानाकर्षण गरिएको छ ।’

एमाले थाहानगरले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्टले सबैसंग सहकार्य गरेर नै थाहानगरको विकासमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले ध्यानाकर्षण पत्रमा भएको बुँदाहरुलाई कार्यान्वयन गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए ।

  • ध्यानाकर्षण पत्रको १८ बुदा 

१) थाहा नगर समृद्धिको मुलधारको रुपमा रहेको थानकोट चित्लाङ मार्गलाई आगामी आर्थिक बर्षमा निरन्तर बजेटको व्यवस्थापन गरि छिटो सम्पन्न गर्ने पहलका लागि ध्यानाकर्षण गर्दछौ।
२) थाहा नगर बिस्तारै कन्क्रीटयुक्त शहरको रुपमा बिकास हुँदै गैरहेको हुँदा तुरुन्तै भुउपयोग नितिलाइ कार्यान्वयनमा लेराइ कृषियोग्य जमिनको संरक्षण गर्न
३)थानकोट चित्लाङ घोषित सुरुङमार्ग छिटो कार्यान्वयनमा ल्याउन पहल कदमी गर्नुपर्ने
४)नागरिकको सुसूचित हुने अधिकारलाई संरक्षण गर्दै नगरको भावी योजनाको सार्वजनिक र पर्यटन गुरुयोजना र अन्य योजनाको सार्वजनिक गर्दै,छलफलमा ल्याइ परिमार्जन गर्न र आवश्यक भए परिमार्जन गरि सोही अनुरुपको बजेटको व्यवस्थापन गर्न।
५) बाध्यताले उपभोक्ता समिती बिचौलिया बन्ने अवस्थाको अन्त गरि विधि र प्रक्रियालाई सहज बनाइ विकास निर्माणको योजना कार्यान्वयनमा उपभोक्ता मैत्री बनाइ नितिगत भस्ट्रचारमा कमि ल्याइयोस।
६) थाहा नगरमा अवस्थित,बागवानी फाम,बनस्पति उद्दान,भेडा फाम,जस्ता कम उपयोगमा आएका जमिन हरुलाई नगर मातहतमा ल्याइ कृषि पर्यटनको रुपमा बिकास गर्न गुरुयोजना बनाइ कार्यान्वयन गर्नुपर्ने ।
७)खेल पर्यटन भित्र्याउने संभावना भएको स्थान नगरमा थुप्रै भएकोले तेस्ता स्थानमा भौतिक संरचना बनाउने योजना ल्याउनुपर्ने ।
८)मुलाबारी,मनकामना ,कोटथुम्की ,डाडाबास,झम्केश्वरी जस्ता संभावित पर्यटकिय गन्तव्यको रूपमा पहिचान गरि पर्यटकिय स्थल बनाउने तथा जिर्ण रुपमा रहेको दामन भ्यु टावर लाई व्यवस्थित गर्न योजना ल्याउनुपर्ने ।
९)झम्केश्वरी देखि संखमुल सम्मको यरियालाइ लेक पार्कको रुपमा बिकास गर्न सम्भब्यता अध्ययन गर्दै गुरुयोजना बनाउनुपर्ने।
१०)प्राकृतिक जोखिममा परेका मानव बस्ती र आवादी जमिनको संरक्षण गर्ने योजना तत्काल बनाउनुपर्ने ।
११)नगरलाइ आन्तरिक श्रोतमा अब्बल बनाउन सम्भावित योजनाको खोजी गरि योजना बनाउनुपर्ने।
१२)जनप्रतिनिधि हरुले आफ्नो क्षत्राधिकार भन्दा बाहिर हस्ताक्षप अन्त्य गर्नुपर्ने ।
१३)गत आब २०७८/०७९ को योजनाहरु टेन्डरमा दिएका कामहरु सुरु नभएका योजनाहरुलाइ तदारुकताका साथ यथासिघ्र कार्यान्वयनमा ल्याइनुपर्ने।
१४)विशेष गरि कृषि पर्यटन र शिक्षाको लागि बिषयबिज्ञहरु द्वारा संघ संस्था बुद्दिजिवी,राजनैतिक दल हरु संग छलफल र परामर्श गर्नुपर्ने ।
१५)सवै वडामा जेष्ठ नागरिक दिवासेवा केन्द्रको स्थापना गर्ने योजना तय गर्नुपर्ने ।
१६)महिला तथा युवाको लागि युवा स्वरोजगारको लागि कृषि उपज उद्योगको स्थापना गर्न जोड दिनुपर्ने ।
१७)खेतियोग्य जमिनको लागि डिप बोरिङ तथा थोपा सिचाइको योजना निर्माण गर्नुपर्ने ।
१८)देशभर अन्य स्थानहरुमा रासायनिक मलको माग कम हुने स्थानको पहिक्स्हान गरि थाहा नगरमा मलको मात्रा वृद्धि गर्न सम्बन्धित निकायमा पहल गरि मलखादको अभावलाइ कम गर्न सहज योजना बनाउनुपर्ने।

पालिका प्रेस
थप जानकारी