मकवानपुरको थाहा नगरपालिकामा क्रियाशील सामाजिक संस्था पालुङ जेसिजले वर्ष २०२३ को दोश्रो पुर्ण बोर्ड बैठकको निर्णय सार्वजनिक गरेको छ । पालुङ जेसिजले थाहानगरको शिखरकोटमा १५ फागुनमा पत्रकार सम्मेलनको आयोजना गर्दै १३ फागुनमा भएको बैठकले गरेको निर्णय सार्वजनिक गरेको हो।

पालुङ जेसिज बर्ष २०२३ का कार्यक्रम संयोजक मानसिं दोङको संयोजक तथा बर्ष २०२३ का शाखा अध्यक्ष संगम कार्कीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष संगम कार्कीले नेपाल जेसिज बर्ष २०२३ को प्रकरण र पालुङ जेसिज बर्ष २०२३ को प्रकरण तीन ‘स’ मा रहेर वर्ष २०२३ मा गरिने विभिन्न कार्यक्रमको कार्यतालिका सार्वजनिक गरे ।

अध्यक्ष कार्कीले दोश्रो बैठकले रोवर्ट रुल्स अफ अडर अनुसार थाहा नगरपालिकासंग सहकार्य र समन्वय गरेर नगरका जनप्रतिनिधिहरुलाई संसदिय बैठक प्रणाली सम्बन्धि तालिम दिने र त्यसका लागि आवश्यक प्रशिक्षकको व्यवस्था मिलाउने, तथा पालुङ जेसिज बर्ष २०२२ मा रहेका १०३ जना सदस्यको सदस्यता नविकरण तथा बर्ष २०२३ का कार्यसमितिबाट एक सदस्य एक नयाँ सदस्यको रुपमा सिफारिस गर्न १८ देखि ४० बर्ष उम्मेरका युवा हरुलाइ नयाँ सदस्य बन्न आव्हान गर्ने र प्री इन्डक्सन तालिम लिएकालाई विशेष प्राथमिकता दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

अध्यक्ष कार्कीले १७ र १८ मा ऋषेश्वर महादेव मन्दिर परिसरमा आयोजना हुन लागेको विश्वशान्ती पुजामा स्वयंसेवकको भुमिका निर्वाह गर्ने तथा नजिकिँदै गरेको चाड होली पर्वमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरिएको जानकारी गराए । पत्रकार सम्मेलनमा पालुङ जेसिजका बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष दिपा बल अखिल नेपाल शिक्षक संगठनको बागमती प्रदेश सदस्य निर्वाचित भएको र जेसिज बर्ष २०२१ का शाखा अध्यक्ष नवराज लामा नेपाल जेसिज बर्ष २०२३ का लागि नेपाल जेसिज क्षेत्र ख इभेन्ट म्यानेजमेन्ट कमिटी मेम्बरमा मनोनित भएकोमा बधाई तथा शुभकामना दिएको बताएको छ ।

दोश्रो बैठकले विभिन्न प्रतिवेदनहरु पनि पारित गरेको पनि पत्रकार सम्मेलन मार्फत अध्यक्ष कार्कीले जानकारी गराए । पत्रकार सम्मेलनमा पालुङ जेसिज बर्ष २०२० का शाखा अध्यक्ष तथा २०२३ का प्रमुख बोर्ड सल्लाहकार मनोज रायमाझी, पुर्व अध्यक्ष नवराज लामा, पत्रकारहरु, पालुङ जेसिज वर्ष २०२३ का बोर्ड सदस्यहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी