कालीकोटको रास्कोट नगरपालिका–४ का वडा अध्यक्ष दिनेश संज्यालले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता विवरण सार्वजनिक भएपछि उनले नगर प्रमुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्।
वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका संज्यालले नगर प्रमुखलाई सम्बोधन गरी लेखेको पत्रमा पारिवारिक समस्या र विशेष कामका कारण रास्कोटबाहिर बस्नुपर्ने बाध्यता आएको उल्लेख गरेका छन्। उनले वडा नम्बर ४ का वडा सदस्य गोबिन्द बिक सुनारलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सुम्पँदै राजीनामा दिएका हुन्।
कार्यवाहकको जिम्मेवारी छाडेको १० दिनभन्दा बढी भइसकेको र आफू तत्काल फर्कन नसक्ने अवस्था रहेका कारण नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन्।
संज्यालले २०८३ साउन २२ गते रास्वपाको सदस्यता लिएको भनिएको विवरण सामाजिक सञ्जालमा भाइरल भएपछि उनले पदबाट राजीनामा दिएको उनका शुभेच्छुकहरूले बताएका छन्।
















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्