नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने गरी मोवाइल एप सञ्चालनमा ल्याएको छ । ग्राहकका गुनासोसमेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एम ‘एनई एप’ सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’मा गई ‘NEA Official App’ सर्च गरी डाउनलोड गर्न सकिनेछ । यो एपबाट मिटर रिडिङ, बिलिङ, मसहसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी प्रदान गर्नुका साथै विद्युत आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ ।

सेवा लिन सरल र सहज हुने भएकोले यो एपको प्रयोग गर्न प्राधिकरणले सेवाग्राहीमा अपिल गरेको छ ।

पालिका प्रेस
थप जानकारी