धादिङको बेनिघाट रोराङ गाउँपालिकाले अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको छ । लैँगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार भन्ने नारा सहित लोकदोहोरी प्रतियोगिता सहित विविध कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रतियोगितामा सहभागी भई सफल बनाउन आमा समुह, महिला सहकारी, महिलाको क्षेत्रमा काम गर्ने सँघसँस्था लगायतलाई अनुरोध गरेको छ ।

कार्यक्रम वडा नम्बर २ को सिम्थलीमा रहेको श्री प्रजा आधारभुत विद्यालयमा यहि फागुन २४ गते बुधबार हुने प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले बताएका छन् ।

यस्ते छ, गाउँपालिकाले जारी गरेको सुचना

benighat 1.jpg

पालिका प्रेस
थप जानकारी