नेपालका प्रथम अन्तराष्ट्रिय म्याराथुन धावक मीनबहादुर विष्टको सम्झनामा काठमाण्डौं उपत्यकास्तरीय अन्तरपालिका क्वाटर म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । मीनबहादुर विष्ट स्मृती प्रतिष्ठानको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर २४ फागुनमा काठमाण्डौंमा आयोजना हुने भएको हो ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा काठमाडौ उपत्यकाका पालिकाहरुबीच हुने क्वाटर म्याराथुन दौड प्रतियोगितामा उपत्यकाका २१ स्थानीय तहको सहभागिता रहने प्रतिष्ठानका अशोक विष्टले पालिका प्रेसलाई जानकारी दिए । वर्षेनी प्रतियोगिता सञ्चालन गर्दे आएको मीनबहादुर विष्ट प्रतिष्ठानले यसपटक स्थानीय सरकारबीच आपसी भाईचारा र सम्बन्ध विस्तारकासाथै खेलाडीहरुको उत्पादन तथा उत्थान गरी राष्ट्रिय हित र खेल विकासमा टेवा पुर्याउने उद्धेश्यले अन्तरपालिकाबीच प्रतिस्पर्धा गराउन लागिएको विष्टले बताए ।
दौड प्रतियोगितामा एउटा काठमाण्डौं उपत्यकाका पालिकाहरुबाट पालिकाले सिफारिस गरेर पठाएका २ महिला र २ पुरुष धावक सहभागी गराइने आयोजक मीनबहादुर विष्ट प्रतिष्ठानको भनाइ छ । सहभागी धावकहरुलाई प्रमाण पत्र तथा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकको भनाइ छ । वि.सं. २०६१ सालमा खेल, खेलाडी, अनुशासन र राष्ट्रियता भन्ने मुल नाराका साथ स्थापित प्रतिष्ठानले हालसम्म विभिन्न ईभेन्टमा दौड प्रतियोगिता संचालन गरिसकेको छ । कार्यक्रमको विशेष अवसर पारेर देशका उत्कृष्ठ भेट्रान्स खेलाडी तथा अन्य समाजका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गर्दै आएको छ ।
सन् १९५१ मा नयाँ दिल्लीमा प्रथम पटक आयोजित प्रथम एशियन खेलामा दौड तर्फको ४०० र ६०० माईल ईभेन्ट नेपालका तर्फबाट मीन वहादुर विष्टले नेपालकै प्रथम अन्तराष्ट्रिय म्याराथुन धावकको रुपमा चिनिएका थिए । नेपालमा खेलको विकास गर्न, पिछडिएका खेलाडीहरुलाई उत्थान र प्रेरणा प्रधान गर्न र समग्र खेलजगतको विकासको माध्यमबाट नेपाल राष्ट्रलाई चिनाउने उद्देश्यले यो प्रतिष्ठानको स्थापना गरिएको संस्थाका अध्यक्ष अशोक विष्टले बताए ।
स्थानीयतहमा लुकेर बसेका धावकहरुको खोजी गर्ने र प्रतिस्पर्धाको माध्यमबाट राष्ट्रिय धावकहरुको उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगीतामा यस पटकको प्रतियोगितामा काठमाडौ, भक्तपर र ललितपुर जिल्लाको २१ वटा स्थानीय तहबाट २ जना महिला र २ जना पुरुष छनौट गरी पठाईदिन प्रतिष्ठानले आग्रह गरेको छ । सहभागीहरु दर्ता २० फागुनसम्म गरिसक्नुपर्ने प्रतिष्ठानका उपाध्यक्ष अच्युत विष्टले जानकारी दिए ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्