मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा रहेको झम्केश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडसर) उद्धव प्रसाद आचार्यले राजिनामा दिएका छन् । आचार्यले १७ फागुनबाट लागू हुने गरी राजिनामा दिएका छन् । उनको राजिनामा सामाजिक सञ्जाल सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।
विद्यालय व्यवस्थापन समितीले अन्यत्र विद्यालयबाट सरुवा गराइ शिक्षक ल्याएर प्रधानाध्यापक बनाएकोमा उनले असन्तुष्टि पोखेका छन् । हालै थाहानगरको जनकल्याण माविबाट शिक्षक गणेशमान श्रेष्ठ सरुवा भई झम्केश्वर गएका छन् । श्रेष्ठलाई प्रधानाध्यापक बनाइएको तर्फ आचार्यले संकेत गरेका छन् । श्रेष्ठ १४ फागुनमा झम्केश्वरीमा हाजिर भएका हुन् ।
हेर्नुहोस् राजिनामा पत्रः















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्