मकवानपुरको थाहानगरसहितका आसपासका पालिका लक्षित मातातिर्थ मार्खु ३३ के.भी प्रशारण लाईन निर्माण अघि बढ्ने भएको छ । मन्त्रीपरिषद्को १६ साउनमा बसेको बैठकले नेपाल विद्युत प्राधिकरणलाई मातातीर्थ–मल्टा ३३ केभी प्रसारण लाइनका लागि ‘टावरप्याड’ र ‘राइट अफ वे’ को निर्माणका लागि काठमाडौं, ललितपुर मकवानपुरमा रहेको राष्ट्रिय वन र वन क्षेत्रको २४.६७ हेक्टर जग्गा २० वर्ष प्रयोग गर्न दिने निर्णय भएको हो । विद्युत लाईन निर्माणमा लामो समयदेखि भएको वनको अवरोध हटेको हो । मन्त्री परिषदको निर्णयसँगै विद्युत प्रसारण लाइनका लागि वन क्षेत्रमा पर्ने ४ हजार १ सय ७२ रूख कटान गर्न स्वीकृति दिने निर्णय गरेको हो । यससँगै मातातिर्थ मार्खु ३३ केभी प्रशारण लाईन निर्माणको बाटो खुलेको हो ।
एक दशक अघिबाट शुरु भएको परियोजना अन्तर्गत मार्खुमा ३३÷११ को सब स्टेशन निर्माण भएपनि मातातिर्थ माखु्र्र खण्ड अन्तर्गत मातातिर्थ देखि मकैबारी हुदैं चखेलसम्म वन क्षेत्र भएका कारण लाईन निर्माण हुन सकेको थिएन । मातातिर्थबाट ललितपुरको माल्टासम्म लाईन निर्माण हुन बाँकी भए पनि ईन्द्रसरोवरको चखेल देखि मार्खु सम्म भने ३३ केभी लाईन निर्माण भईसकेको छ । मातातिर्थ माल्टा खण्डको लाईन अन्तर्गत ईन्द्रसरोवरको चखेलबाट जोडिएर ३३ के.भि. लाईन मार्खु ल्याईने आयोजनाले जनाएको छ ।
मार्खुमा सब स्टेशन बनेको लामो समय हुँदा पनि वन क्षेत्रबाट लाईन निर्माण गर्ने बाटो नखुल्दा आयोजना अलपत्र परेको थियो । विद्युत प्राधिकरणले उत्तरी मकवानपुरमा सहज विद्युत वितरण गर्न मार्खुमा ३३÷११ सब स्टेशन तयार भएसँगै थाहानगरको फाँटबजारमा बनाईरहेको ३३÷११ को सब–स्टेशनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । सोही परियोजना अन्तर्गत मार्खु पालुङ ३३ के.भि लाईन निर्माण कार्य धमाधम भईरहेको पनि प्राधिकरणले जनाएको छ । ईन्द्रसरोवर र थाहाका केहि भुभागमा मार्खु सब स्टेशनबाट र थाहा नगर सहित कैलाशका केहि वडामा फाँटबजार सब स्टेशन बाट विद्युत प्रशारण गर्ने योजना रहेको पालुङ वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले बताए ।
विगतदेखि धोर्सिङ सब स्टेशनको एकमात्र स्रोतबाट करिब २ सय कि.मी. लामो ११ केभी लाईन मात्रको पहुँच हुँदा लाईन नियमित नहुने भोल्टेज कम हुने र लाईनमा समस्या आईरहने गुनासो सम्बोधन हुने पनि पालुङ वितरण केन्द्र प्रमुख रास्कोटीले बताए ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्