बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको खर्च ७२ प्रतिशतमात्र देखिएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा मन्त्रालयको ५ अर्ब १५ करोड ८७ लाख ८७ हजार विनियोजित बजेटमा ३ अर्ब ७३ करोड ७० लाख ७४ हजारमात्र खर्च भएको छ ।
मन्त्रालयले शिक्षा क्षेत्रमा २ सय ३९ वटा विद्यालयमा विद्यार्थी केन्द्रित व्यवस्थापन सुधारको कार्यक्रम गरेको जनाएको छ । प्रदेशभित्रका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेका २७ वटा विद्यालयलाई गुणस्तरीय शिक्षाको लागि प्रशिक्षक र शैक्षिक सामग्री प्रदान गरेको छ ।
मन्त्रालयले अल्पसंख्यक, लोपन्मुख, अतिसीमान्तकृत, विपन्न दलित समूहका विद्यार्थीहरु ३९७ जनालाई छात्रवृत्ति प्रदान गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले २३ विद्यालयमा बस वितरण गरेको छ । यस्तै, मन्त्रालयले शिक्षा तालिम केन्द्रमार्फत् १ हजार १ सय ७८ जना शिक्षकलाई टीपीडी तालिम, १ हजार ७ सय ९३ जना शिक्षकलाई कस्टमाइज्ड–पुनर्ताजगी तालिम र २ सय ११ जना शिक्षा सेवाका कर्मचारीलाई सेवाकालीन तथा क्षमता विकास तालिम प्रदान गरिएको जनाएको छ ।
मन्त्रालयले व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत् १ हजार ७ सय ७ जनालाई विभिन्न सीप विकास तालिम प्रदान गरेको र सीटीईभीटीमार्फत् ३ हजार २ सय ८० जनालाई सीप विकास तालिम प्रदान गरेको जनाएको छ । मन्त्रालय मातहतको युवा परिषद्ले युवा लक्षित गरी ३ सय ९० घण्टे तालिम, औद्योगिक तालिम, सीप मूल्यांकनको तालिम, लैंगिक हिंसा रोकथामको लागि आत्मरक्षा तालिम प्रदान गरिएको जनाएको छ ।















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्