मकवानपुर थाहा नगरपालिका १ नम्बर वडाका अमिरले आफ्नो जीवन सङगिनी पुष्पा मगरको जीवनमा आधारित गित सार्वजनिक गरेका छन् । आफ्नै शब्दमा रहेको उक्त गितामा एलिना चौहानले आवाज दिएकी छिन् । ‘भाग्यले नै दिएपछि थाप्नु पर्दाे रैछ आमा’ शिर्षकमा रहेको गितको भिडियो आफ्नै अमिर बमजन च्यानलबाट सार्बाजानिक गरेका छन।
समाजले हेर्ने दृष्ट्रिकोण र जीवन भोगाईको तिता मिठा कथा पुस्पा र अमिरले जीबनमा भोगेको पिडाहरूको संगालो समाज घातप्रतिघातको दस्तावेज ‘भाग्यले नै दिएपछि’ एक उदाहरणीय यथार्थ कथा गितमा प्रस्तुत गरिएको छ ।
जन्म जात अशक्त घाँटीदेखि तल्लो शरिरको भाग नचलेता पनि आफुमा कला प्रतिभाको खानि बोकेका एक प्रतिभासालि हुन मकवानपुर थाहा नगरपालिका खानीगाउँका अमिर बमजन । आधा दर्जन गित लेखन गायन संगै उनी राम्रा चित्रकार पनि हुन । मुखैले चित्र कोर्ने, मोबाइल चलाउने यस्तै हिम्मत र कलाले गर्दा अमिर ताइवानसम्म पुगेका छन् । उनीय यसअघि राष्ट्रिपतिबाट समेत सम्मानित भैसकेका छन् ।
करुणा फाउन्डेसन नेपालको सहयोगबाट आफ्नो जिन्दगी भोग्ने घुम्तिनै मोडिएको बताउने अमिर करुणा फाउन्डेसन नेपालबाट अमिरको तीन पटक पेन्टिङ प्रदर्शन भैसकेको छ ।
भिडियो हेर्नुहोस्:















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्