बागमती प्रदेश सरकारले नयाँ मन्त्रालयको थपेको छ । ७ जेठमा मन्त्री पदमा नियुक्त भएका रामकृष्ण चित्रकारलाई लक्षित गरी नयाँ मन्त्रालय थपिएको हो ।
उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा रहेको सामान्य प्रशासनको कार्य क्षेत्रलाई समेत छुट्याएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको हो । हाल उद्योग पर्यटन तथा सहकारी मन्त्रालय काँग्रेसको भागमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय माओवादीमा भागमा छ ।
लामो समयदेखि कांग्रेसले माओवादीको भागमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सहरी विकास मन्त्रालयमा काँग्रेसले दाबी गरिरहेको थियो। तर माओवादीले भौतिक फुटाउन परे कांग्रेसको भागमा रहेको अर्थ मन्त्रालय माओवादीले लिने भन्ने चेतावनी दिएपछि कांग्रेस ब्याक भएर अन्य मन्त्रालय फुटाइएको बताइन्छ ।
प्रदेशका आन्तरिक तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठ भने मन्त्रालयको विषयमा अनौपचारिक छलफल भएको भएता पनि औपचारिक निर्णय हुन बाँकी रहेको प्रतिक्रिया दिए । मन्त्री श्रेष्ठले भने–‘छलफल त अन्य मन्त्रालयहरुको बारेमा पनि भएको थियो। तर यही कुराको पनि क्याबिनेटबाट औपचारिक निर्णय भएको छैन ।’















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्