अन्तर्राष्ट्रिय युवा दिवश तथा राष्ट्रिय युवा संघ नेपालको एक महिने वृक्षारोपण अभियान अन्तर्गत थाहानगर कमिटीले वृक्षारोपण कार्यक्रम गरेको छ । युवा संघले थाहा नगरपालिका १ ओखरबजारस्थित झम्केश्वरी माविको कम्पाउण्ड बाहिर लौठसल्ला र कल्की फूलका विरुवा रोपिएको युवा संघका नगर सचिव सुमन रायमाझीले बताए ।

नगर उपाध्यक्ष रुपेश श्रेष्ठको अध्यक्षतामा भएको वृक्षारोपणमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अन्तर जिल्ला उत्प्रेरक जयराम डिमडुङ, नेकपा एमाले मकवानपुर सदस्य तथा थाहानगर सह–इञ्चार्ज सुरेन्द्रमान प्रधान, युवा संघका केन्द्रीय सदस्य तथा थाहानगर उत्प्रेरक दिलमाया घर्ति, केन्द्रीय सदस्य पौल हिम्डुङ, कला तथा साहित्य विभाग सदस्य दिनेश गजमेरलगायत युवा संघका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी