आन्तरिक राजस्व कार्यालय हेटौंडा तथा थाहा नगरपालिकाको आयोजना र पालुङ बहुउद्देश्यीय सहकारी संस्था, थाहा उद्योग वाणिज्य संघको समन्वयमा थाहानगरका सहकारी संस्था, व्यवसायी तथा निजि विद्यालयका प्रतिनिधिहरुलाई आन्तरिक राजश्व कार्यालय हेटौडाका अधिकृतबाट कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली थाहानगर उद्योग वाणिज्य संघका सभापति कविराज खत्री,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत गुणराज भण्डारी, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका लेखराज राउत, पालुङ बहुउद्देश्यीय सहकारीका कार्यबाहक अध्यक्ष अरुण रायमाझी लगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका अध्यक्ष कबिराज खत्रीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख बिष्णु बहादुर बिष्टले सरकार सञ्चालनको मेरुदण्ड राजश्व नै रहेको हुँदा सबै व्यवसायीहरुलाई इमान्दारिताका साथ करको दायरमा आउन आग्रह गरे । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत गुणराज भण्डारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझीलगायतले मन्तव्य गरेका थिए ।

पालिका प्रेस
थप जानकारी