मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविमा सिटिइभिटीतर्फ बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई आम्दानीसंग जोड्दै विद्यार्थीले सिकेको विद्यार्थीले सिकेको कुरालाई किसानसम्म पु¥याउने लक्ष्य लिएको छ । विद्यार्थीले सिकेको सीपलाई किसानको खेतबारीमा पु¥याउने गरी तीन महिने ओजेटी मार्फत व्यवहारिक ज्ञानका लागि यस्तो गर्न लागिएको हो ।
थाहा नगरपालिका कृषि शाखाको सहयोगमा सिटिइभिटी अन्तर्गतका तेश्रो वर्षमा अध्यनरत १७ विद्यार्थीलाई १२ वटै वडामा परिचालन गर्न लागेको हो । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, विषयमा पढाइ हुने जनकल्याणमा सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र कक्षा ९–१२ पनि बाली बिज्ञान पठनपाठन हुँदै आएको छ ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा लाग्न थालेको प्रधानाध्यापक सानोभाइ कार्कीले जानकारी दिए । ‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमै पुगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल खेती, तरकारी खेती, र रैथाने जातका कृषि उपज बारेमा खेतबारीमै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउन लागेका हौँ’–प्रधानाध्यापक कार्कीले भने । कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र नलिइ उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन अपरिहार्य भएको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए । प्रमुख विष्टले विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्न तत्पर हुनुपर्ने र किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको सभाध्यक्षता तथा थाहा नगरपालिका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, कृषि शाखा प्रमुख संजय तिवारी, कृषि अधिकृत विकास बिक, शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझी, शिक्षक निश्चल शाक्यलगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । जनकल्याण माविमा सिटिइभिटीतर्फ बाली विज्ञानमा १७ विद्यार्थी अध्ययनरत छन् ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्