मकवानपुरको थाहा नगरपालिकामा नगर प्रमुख (मेयर) संग जोडेर कृषि कार्यक्रम स्वीकृत भएको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमका लागि पालिकाले ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले १ भाद्रमा सूचना प्रकाशन गरी किसानहरुबाट प्रस्ताव माग गरेको छ । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले संचालन गरिने सूचनामा उल्लेख गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फर्म र कृषि कम्पनीहरुले सूचना प्रकाशित मितिले ३० दिनभित्र प्रस्तावना पेश गर्न सक्ने शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।

प्रस्ताव पेश गर्दा निवेदनसहित, दर्ता प्रमाणपत्रको दुवैतिर देखिने गरी प्रतिलिपि, बैठकको निर्णय प्रतिलिपि, कर चुक्ताको प्रमाणपत्र, कार्यक्रम संचालनको लागत स्टिमेट, लालपूर्जाको प्रतिलिपि, आयोजनाको प्रस्तावना पत्र, सम्बन्धित वडा कार्यलयको सिफारिस पत्रलगायतको कागजात संलग्न गर्नुपर्ने छ ।

हेर्नुहोस सूचनाः

पालिका प्रेस
थप जानकारी