काठमाण्डौंको बसन्तपुरमा २ भाद्रमा आयोजित ‘तस्वीरमा बालबालिका फोटो प्रदर्शनी’मा थाहा नगरपालिकाका युवा फोटोग्राफर गणेश विष्टले खिचेका फोटोले स्थान पाएको छ । १८४ औं विश्व फोटोग्राफी दिवस, २०२३ तथा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल २५ वर्ष पुगेको अवसरमा आयोजित फोटो प्रदर्शनीमा विष्टले खिचेका फोटोले स्थान पाएको हो । खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यले प्रदर्शनी गरिएको आयोजकले जनाएको छ।
फोटो प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्य समेत रहेका विष्टको एकपाङ्ग्रे्रे ठेलामा दुईजना बालबालिकालाई राखेर एकजना बालकले गुडाएको रमाईलो फोटो प्रदर्शनीमा राखिएको हो । बालबालिकाहरुमा खुशीयाली ल्याउन प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । ‘बालबालिकाहरू घुम्न आउने, खेल्न आउने यस ठाउँमा विभिन्न जिल्लाका बालबालिकाहरुको क्रियाकलापहरू समेटिएको फोटो प्रर्दशन गरिएको हो। यसले बालबालिकाहरूमा खुशीयाली ल्याउन पनि मद्दत गर्दछ ।’– वन्तले भने ।
सिविन नेपालको समन्वयमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको प्रदर्शनीमा २५ जना फोटोग्राफरहरुले विभिन्न जिल्लामा खिचेका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरुका समावेश गरिएको ६० वटा तस्बिर राखिएको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए । प्रदर्शनीमा बाल अधिकारको संरक्षण र प्रवद्र्धनका सन्दर्भमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने तस्बिरहरु राखिएको थियो । फोटो प्रदर्शनीले बाल अधिकारका क्षेत्रमा भएका आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए । “बालबालिका राष्ट्रका गौरव हुन्” भन्ने मूल नारा सहित शुरु भएको प्रदर्शनीको करिव ३ हजार जनाले अवलोकन गरेको आयोजक राष्ट्रिय फोटो पत्रकार समूहले जनाएको छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्