नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरको इन्द्रसरोवर तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । सरकार कुम्भकर्ण निन्द्रामा परेको टिप्पणी गर्दै बर्तौलाले ईन्द्रसरोवर तालबाट १०४ मेघावाट विजुली उत्पादन हुने बताउदै तालको संरक्षण गर्न नसके निकट भविष्यमा नै आयामेजना खतरामा पर्न सक्ने उल्लेख गरे ।

१८ भाद्रमा बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले तालमा ८५ लाख घनमिटर पानी अटाउने क्षमता रहेको उल्लेख गर्दै अहिले तालमा ६२ लाख घनमिटर पानी रहेको र बाँकी करिव २३ लाख घनमिटरमा हिलोमाटो, बगर थुप्रिएको उल्लेख गर्दै तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराए । सरकारले विगत ४ वर्षदेखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्ब रकम अझसम्म प्राप्त गर्न नसकेको बताए ।

बर्तौलाले भने–‘यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन् । विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्ब रकम अझसम्म प्राप्त गर्न सकेको छैन् । सरकारलाई त्यस्को कुनै चासो छैन् । कुम्भकर्ण निद्रामा प¥यो ।’

पालिका प्रेस
थप जानकारी