अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कार्कीले सार्वजनिक पदमा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार कार्कीले २०५३ जेठ १७ गतेदेखि २०७९ मंसिर २८ गतेसम्मको अवधिमा कुल पाँच करोड ७५ हजार ८७ हजार ३७० रुपैयाँ आर्जन गरेको पाइएको छ । सोही अवधिमा उनको वैधानिक आय भने एक करोड आठ लाख ४८ हजार ५९० रुपैयाँ मात्र हुन आउँछ ।

वैधानिक रूपमा आर्जन गरेकोभन्दा उनीसँग चार करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ बढी सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी