रौतहटको चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यसअघि करिब ५ महिना कार्यभार सम्हालेर जितपुर सिमरा उपमहानगरपालिका सरुवा भएका हरिलाल पुरी पुनः चन्द्रपुर नगरपालिकामै सरुवा भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत पुरीको एक कार्यक्रमकाबीच नगर प्रमुख संजय कुमार काफ्ले, उपप्रमुख जयमाला कुमारी चौधरीलगायत कर्मचारी र जनप्रतिनीधिहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा प्रशासकीय अधिकृत पुरीले जनप्रतिनीधिहरुको सपना साकार पार्नका लागि आफू प्रतिवद्ध हुने बताए । अाफु बस्दासम्म जनप्रतिनिधिहरूको लक्ष्य, उदेश्य, ध्येयलाई पूरा गर्नका लागि कर्मचारी टिम लागि पर्ने पुरीको भनाइ थियो ।

कार्यक्रममा नगर प्रमुख काफ्लेले कर्मचारी सरुवा भैरहन्छन्, प्रमुख प्रशासकीय अधिकृत आउँछन्, फेरि सरुवा भैरहन्छन् भन्ने बाहिरी हल्लालाई चिरेर काम गर्नेमा प्रशासकीय अधिकृत पुरीप्रति विश्वास व्यक्त गरे । काफ्लेले नगरका हितका लागि कर्मचारहिरुको सहयोग अपरिहार्य रहने बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी मकवानपुरको थाहा नगरपालिकामा लामो समय काम गरी विभिन्न विधाकाबाट नेपाल सरकारका विभिन्न निकायबाट पुरस्कृत प्रशासकीय अधिकृत हुन् ।