नेकपा एमालेको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल थाहानगर कमिटी गठन गरिएको छ । १९ भदौमा पालुङमा भएको भेलाले जितबहादुर थोकरको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन भएको हो ।
रामकृष्ण कपालीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि एमाले जिल्ला कमिटी सदस्य तथा थाहानगर सह–इञ्चार्ज सुरेन्द्रमान प्रधानले नगरभरिका भूमिहीन नागरिकको तथ्याङ्क संकलन गरी यथासिघ्र आवश्यक काम गर्नु संगठनको मूल ध्येय रहेको बताए । थाहानगरमा अव्यवस्थित बसोबासका नागरिकहरुको संख्या पर्याप्त रहेको भएपनि सरकारले उनीहरुको हितमा काम गर्न चासो नदेखाएको हुँदा संगठनले दबाब सिर्जना गर्न प्रधानले आग्रह गरे ।
कार्यक्रममा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय सदस्य बलराम बल, जिल्ला अध्यक्ष यज्ञ बहादुर श्रेष्ठ, पार्टी नगर सचिव रामकृष्ण बस्नेतलगायतले वर्तमान अवस्थामा संगठनको आवश्यकताका बारेमा बोलेका थिए ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्