हरेक वर्षझैँ भदौ २२ गते मनाउन लागिएको निजामती सेवा दिवस स्थानीय तहमा कार्यरत कर्मचारीहरुले नमनाउने निर्णय गरेका छन । निजामती सेवा दिवसको सम्बन्धमा देशका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने निर्णय गरी विज्ञप्ति जारी गरी ज्ञापनपत्र बुझाएका छन्।
देश संघीयतामा गएको वर्षौँ बित्दा पनि निजामती सेवा ऐन जारी नहुँदा जनताको सबैभन्दा नजिक रहेर काम गर्ने स्थानीय तहमा कार्यरत कर्मचारी मर्कामा परेको तथा प्रशासनिक संघीयता नै धराशायी बनेको उनीहरुको ठहर छ। सरकारले संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीलाई सरकारको तह अनुसारको व्यवाहार नगरेको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुले विरोधस्वरुप निजामती सेवा दिवस नमनाउने र कालोपट्टि बाँधी विरोध गर्ने निर्णय गरेका छन्।
त्यस्तै मकवानपुरको बागमती गाउँपालिकाका कर्मचारीले एक संयुक्त विज्ञप्ति निकाल्दैे निजामती सेवा दिवस नमनाउन उपयुक्त ठानी भाद्र २२ गते विरोध स्वरूप हातमा कालो पट्टि बाँधी विरोध जनाउने जनाइएको छ । विज्ञप्ती मार्फत संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्रणालीलाई सहमतिको आधारमा नभई अनुमान योग्य चक्रीय प्रणालीमा आधारित हुनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था सङ्घीय ऐनमा नै खुलाउनु पर्ने, निजामती अस्पतालका सेवाहरुमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नु पर्ने माग गरिएको छ ।
त्यस्तै संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा र वृत्ति विकास सम्बन्धमा विभेद, नभई समान हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग विज्ञप्ती मार्फत गरिएको धिरज स्याङ्तानले जानकारी दिए ।




















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्