देशभरका सबै पालिका सरकारका कर्मचारीले २२ भदौको निजामती सेवा दिवस बहिष्कार गरेका छन् । संघीय सरकारले हरेक स्थानीय तहमा विभिन्न कार्यक्रमहरु्र संचालन गरेर परिपत्र गरी सर्कुलर गरेको भएपनि कार्यक्रम वहिष्कार भएको छ ।

अकिांश पालिकाहरुमा कार्यरत कार्मचारीहरुले विज्ञप्ती प्रकाशन गरी दिवसको दुईदिन अघि देखि नै बहिष्कार गरेका छन् । मन्त्रीमण्डलबाट पारित गरी संसदमा पेश गर्न लागिएको निजामती सेवा ऐन विभेदकारी भएको पालिका सरकारमा कार्यरत कर्मचारीकोहरुको भनाइ छ । पालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र नसमेटेको भन्दै विरोध स्वरुप दिवस बहिष्कार गरी कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

उनीहरुले प्रस्तावित निजामती सेवा एेनमा समेत थुप्रै विषयबस्तु छुटेको भन्दै त्यसको सम्वोधन नभएसम्म ऐनले पूर्णता नपाउने भन्दै गाउँपालिका मार्फत संघीय सरकारसमक्ष विभिन्न ९ वटा मागसमेत राखेका छन् । उनीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी हुनुपर्ने, स्थानीय सेवालाई प्रदेश निजामती सेवा मातहत राख्नुपर्ने, तीनटै तहमा काम गर्ने कर्मचारीको सेवासुविधादेखि वृत्तिविकाससम्ममा एकरुपता हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

पालिका प्रेस
थप जानकारी