मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० की बालिकाको उपचारमा लापरबाहीको कारण मृत्यू भएको भन्दै घटनाको छानबिन गर्न नेपाली काँग्रेस थाहानगरले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली काँग्रेस थाहानगरमा सभापति प्रमोदकृष्ण जोशीको नेतृत्वमा रहेको टोलीले संघीय स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । थाहा–१० की ५ वर्षिय रोजिशा गोपालीको कान्ति बालअस्पतालमा समयमै उपचार नपाउँदा मृत्यू भएको थियो । अस्पतालको चरम लापरबाहिले बालिकाको ज्यान गएकोले गोपालीको अकालमै मृत्यु भएको घटनाको उचित छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्बाहिको माग गरिएको छ ।

 

ज्ञापनपत्र बुझदै मन्त्री बस्नेतले घटनाको छानबिन गर्ने र कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । ज्ञापनपत्र बुझाउन नगर सभापति जोशीको नेतृत्वमा भरत लामा, रामकृष्ण गमाल, विक्रम गोपाली, कुलचन्द्र अर्याल, श्रीकृष्ण केसीलगायतका काँग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी