२३ भदौमा थाहानगर उद्योग वाणिज्य संघको निर्वाचन भयो । निर्विरोधरुपमा नयाँ नेतृत्व चयन भएको निर्वाचन अधिकृत विवेक मानन्धरले घोषणा गरे ।
संघको नव निर्वाचित कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्मको सूची हेर्दा अधिकाँश जेसीज पृष्ठभूमिको देखिएको छ । व्यक्तित्व, नेतृत्व र भातृत्वको नारा बोकेको जेसीजबाट उदय भएको नेतृत्व थाहानगर उद्योग वाणिज्य संघको सदस्यमा मात्र होइन, पोर्टफोलियोमा नै स्थान जमाउन सफल भएको देखिन्छ । २२ सदस्यीय कार्यसमितिमा ७ जना पालुङ जेसीजका पूर्व अध्यक्षहरु रहेका छन् ।
थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकाल पालुङ जेसीजको संस्थापक अध्यक्ष हुन् । सन् २००० मा हेटौँडा जेसीजको मातृत्वमा पालुङ जेसीज स्थापना हुँदा ढकाल अध्यक्ष रहेका थिए । संघको वाणिज्यतर्फका उपाध्यक्ष सुरेन्द्रमान प्रधान पालुङ जेसीजको सन् २०१० को अध्यक्ष रहेका थिए भने महासचिब जर्मलाल श्रेष्ठ र कोषाध्यक्ष प्रदिप प्रधान पालुङ जेसीजको क्रमशः २०१५ र २०१४ का अध्यक्ष थिए ।
संघको सदस्यमा निर्वाचित अञ्जल प्रधान, धर्मलाल प्रधान र जयराम खत्री पनि पालुङ जेसीजको पूर्व अध्यक्ष हुन् । उनीहरु क्रमशः २०१७, २०१२ र २०२२ मा पालुङ जेसीजका अध्यक्ष रहेका थिए ।c७ जना पूर्वअध्यक्षहरुसँगै पालुङ जेसीजको उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र विभिन्न मनोनित पदहरुमा भूमिका निर्वाह गरिसकेका व्यक्तिहरु थाहनगर उद्योग वाणिज्य संघको पदाधिकारी तथा सदस्यमा निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्ष शम्भुसिं कार्कीसहित सदस्यहरु निरोज प्रधान, विक्रम केसी, सुमन विष्ट, सुविन्द्रमान प्रधान, आरती श्रेष्ठ, श्रीराम कार्की, सानुकाजी गोपाली, हरेराम कार्की लगायत पालुङ जेसीजको विभिन्न पदमा रहेका थिए ।
संघको यसअघिको कार्यसमितिमा पनि जेसीजको नेतृत्व सम्हालेका व्यक्तित्वहरुको भारी उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्