मकवानपुरको थाहा नगरपालिकामा शिखर इन्स्योरेन्स पालुङ शाखाले वित्तिय साक्षरता कार्यक्रम गरेको छ । २८ भाद्रमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा कार्यक्रमको आयोजना गरी कार्यक्रम गरिएको हो ।

थाहानगरका लक्षितवर्ग, बालबालिका, महिला, किसान, वृद्धलगायत आमनागरिकलाई बिमाका बारेमा बुद्धिमतापूर्ण निर्णय लिन सक्ने अवस्थामा पु¥याउन बिमा साक्षरताले सहयोग गर्ने शिखर इन्स्योरेन्स पालुङ शाखाका शाखा प्रबन्धक कर्मज्ञान अधिकारीले बताए । नेपाल लाइफ इन्स्योरेन्स पालुङ उपशाखाको शाखा प्रबन्धक नरहरी पौडेलको सभाध्यक्षता तथा थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा थाहा नगरपालिका पशु शाखाकी मनिषा कटुवालनी मगर, मंगलदिप बचत तथा ऋण सहकारीका व्यवस्थापक गणेश बिष्ट, प्रभु बैंक पालुङ शाखाका शाखा प्रमुख आशिष गौतम, पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, सह व्यवस्थापक रामप्रसाद ढकाललगायत स्थानीय कृषक तथा व्यावसायीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बिमा सेवाप्रदायक निकायहरूको संस्थागत प्रणालीगत सुधार, कृषि लघु उद्यम बिमा सेवामा पहुँच र घुम्ती बिमाजस्ता विषयहरु समेटिएको थियो ।

बिमा जनचेतना मात्र होइन, उसले आफ्नो जीवन र सम्पत्तिको जोखिम हस्तान्तरण गर्ने चेतनासँगै जागरुकता जगाउन बिमा साक्षरताको आबश्यकता रहेको शिखर इन्स्योरेन्स पालुङ शाखाका शाखा प्रबन्धक अधिकारीले बताए । बिमा कम्पनीहरू र सरोकारवाला निकायहरूमार्फत आमनागरिकको वास्तविक आवश्यकताहरूलाई पहिचाहन गरी उनीहरूलाई बिमाका विभिन्न योजनाहरूलाई परिमार्जन गर्नसमेत बिमा साक्षरताले सहयोग गर्दछ ।

पालिका प्रेस
थप जानकारी