विज्ञान दिवश २०८० को अवसरमा विज्ञान शिक्षक समाजद्वारा आगामी असोज ६ गते हेटौंडामा आयोजना हुने वक्तृत्वकला प्रतियोगिताका लागि थाहानगरबाट चार जना छनौट भएका छन् ।

सो छनौटका लागि २७ भदौमा जनकल्याण माविले आयोजना गरिएको “समृद्ध समाज निर्माणमा विज्ञान शिक्षाको भूमिका“ विषयक वक्तृत्वकला प्रतियोगिताबाट चार जना छानिएका हुन् । हेटौंडामा हुने प्रतियोगितामा उत्कृष्ट चार जना सहभागी हुने छन् ।

प्रतियोगिताका लागि प्रथम स्थानमा जनकल्याण माविकी छात्रा ईश्वरी कार्की, द्वितीय स्थानमा पालुङ भ्याली हार्ट एकेडेमीकी छात्रा दीपशिखा रायमाझी, तृतीय स्थानमा मोनिका बलामी र चौथो स्थानमा नाटेश्वर माविकी छात्रा आकृती केसी रहेका छन् । उनीहरु चारै जना जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने र जिल्लाबाट उत्कृष्ट हुनेहरु प्रादेशिक प्रतियोगितामा सहभागी हुने जनकल्याण माविका अतिरिक्त क्रियाकलाप संयोजक रामकुमार बलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी