पालुङ जेसिजको आयोजना तथा नेपाल गोजुरियो कराते दो संघको सहयोगमा थाहानगराको प्रशिद्ध तिर्थस्थल नारद तिर्थ शंखमुल क्षेत्रमा सरसफाइ गरिएको छ ।

पालुङ जेसिजका पदाधिकारी तथा नेपाल गोजुरियो कराते दो संघका ३८ जना खेलाडीहरुको संयुक्त पहलमा तिर्थस्थल सरसफाइ गरिएको कार्यक्रम संयोजक मानसिं दोङले जानकारी दिए । पालुङ जेसिजका पुर्व अध्यक्ष रामप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा सरसफाइ कार्यक्रम भएको हो ।

कार्यक्रममा पालुङ जेसिजका कोषाध्यक्ष माधव कार्की, कानुनी सल्लाहकार निरज रायमाझी, उपाध्यक्ष अजय कार्की तथा सदस्यहरु दिपेन्द्र केसी, नारायण कार्की, बिराज थापालगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी