सरकारले अर्थ सचिवमा डा. कृष्णहरि पुष्करलाई पठाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको प्रशासन खास स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । उनी दोस्रो पटक अर्थ सचिव हुँदैछन् ।

यसअघि तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दा राजश्व सचिव रहेका पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको थियो ।

पालिका प्रेस
थप जानकारी