फोटोमा इन्जिनियर माधव न्यौपाने ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख फेरिएका छन् । पालुङ वितरण केन्द्रका बीरमान रास्कोटी सरुवा भएसंगै अर्का वितरण प्रमुख आउने भएका छन् ।

पालुङमा नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रबाट माधव न्यौपाने पालुङ आउने भएका हुन् । न्यौपाने यसअघि गोरखा, तनहुँ तथा मेलम्चीमा समेत प्रमुख भई कार्य गरिसकेका छन् ।

रास्कोटी नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा सरुवा भएका छन् । रास्कोटीलाई त्यहाँ प्रमुखको जिम्मेवारी दिइएको छैन । उनी दुईवर्ष अघि असोज महिनामा रत्नपार्क वितरण केन्द्रबाटै पालुङ आएका थिए । नेपाल विद्युत प्राधिकरणले ३१ भाद्रमा निर्णय गरी १ सय ४ जनाको सरुवा गरेको छ ।

हेर्नुहोस् अन्य कर्मचारीको सरुवा विवरण:

पालिका प्रेस
थप जानकारी