थाहा कला केन्द्र मकवानपुरको आयोजनामा ‘थाहा फिल्म फेस्टिबल २०२३’ को लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । थाहा नगरपालिकाको नयाँगाउँमा रहेको साहारा रिसोर्टमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली थाहा नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षहरु तथा जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

३१ भाद्रमा भएको कार्यक्रममा फेस्टिबलका कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशी र उपसंयोजक राजिव कुमार स्याङ्तानले कार्यक्रमको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले फिल्म फेस्टिबल कार्यक्रमले थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रममा थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तान, पत्रकार शम्भु अधिकारी लगायतकाको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी