नेकपा एमालेको ८ र ९ असोजमा काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि थाहा नगरपालिकाबाट प्रतिनिधि छनोट भएका छन् ।

थाहा नगरपालिकाबाट सर्वसम्मत्रुपमा ६ जना प्रतिनिधि चयन भएको नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले जनाएको छ । थाहानगरबाट प्रदेश अधिवेशनका लागि बरिना बल, विष्णुप्रसाद ढकाल, बुद्धरत्न मानन्धर, रविन्द्र नापित, विमलकुमार ढकाल र कल्पना बलामी प्रतिनिधि छनोट भएका छन् ।

नेकपा एमालेको प्रदेश अधिवेशनले प्रदेश कमिटीसमेत निर्वाचित गर्नेछ ।

पालिका प्रेस
थप जानकारी