आगामी ९ मंसिरदेखि १५ मंसिरसम्म आयोजना हुने थाहा फिल्म फेस्टिवलमा थाहाका पर्यटकीय सम्भावनालाई उजागर गर्ने वृत्तचित्र प्रदर्शन गरिने भएको छ । वागमती प्रदेशको संस्कृृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको फेस्टिवलमा प्रदर्शनी गर्न आयोजक थाहा कला केन्द्रले वृत्तचित्रको तयारी थालेको छ ।
फिल्म फेस्टिवलमा नेपाली कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरु प्रदर्शन गर्ने क्रममा थाहा नगरपालिकाको पर्यटन प्रवर्धनका लागि स्थानीयपन झल्काउने वृत्तचित्र प्रदर्शन गरिने आयोजक समितिका उपसंयोजक राजिवकुमार स्याङ्तानले जानकारी दिए । उनका अनुसार अहिले वृत्तचित्र निर्माणका लागि इच्छुक कम्पनीहरुबाट प्रस्ताव सङ्कलन गरिएको छ र कम्पनी छनोट गरेर छायाँकनको कार्य छिट्टै शुरु हुनेछ ।
फिल्म फेस्टिवलअन्तर्गत् जेसीज सभाहलमा चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्