संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप तीन उपसचिवहरूको सरुवा गरेको छ । सोमबार मन्त्रालयले स्थानीय तथा संघीय मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयमा ल्याएको हो ।

प्राप्त जानकारी अनुसार घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र गृह मन्त्रालयका उपसचिव रामदत्त पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको हो ।

यससँगै मन्त्रालयमा उपसचिवको सङ्ख्या २६ जना पुगेको छ । मन्त्रालयमा २३ जना उपसचिवको दरबन्दी रहेको छ ।

पालिका प्रेस
थप जानकारी