

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । कार्यक्रमका अवसरमा बागमती प्रदेशभरीमा उत्कृष्ट रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाई पुरस्कृत गरिएको छ । मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको विद्यालयहरुलाई उत्कृष्टताका आधारमा छनौट गरेर पुरस्कृत गरेको छ ।
प्रदेशभरीका सामुदायिक बिद्यालयहरु मध्यमा सबै भन्दा उत्कृष्ट प्रथम स्थानमा भक्तपुरको मेधा माध्यमिक विद्यालय भएको छ । त्यसैगरी नुवाकोट जिल्लाको पृथ्वी माध्यमिक विद्यालय द्धितीय भएको छ । काठमाण्डौंको श्रम राष्ट्रिय माध्यमिक विद्यालय तृतिय भएको छ । चौथोमा काठमाण्डौंकै पृथ्वी नारायण माध्यमिक विद्यालय भएको छ । पाँचौमा काठमाण्डौंकै बलम्बु माध्यमिक विद्यालय भएको छ । उनीहरु सबैलाई २ असोजमा शिक्षा दिवसका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टे र सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले नगद पुरस्कार, प्रमाणपत्र समेत दिएर पुरस्कृत गरेका थिए ।
यसैगरी संस्थागत विद्यालयतर्फ काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका को रिलायन्स इन्टरनेसनल एकेडेमी, प्रथम भएको छ । त्यसैगरी द्धितीयमा काठमाण्डौंको बालुवाटारको हिज किङ्स इन्टरनेस्नल स्कुल ररहेको छ । त्यसैगरी तृतियमा काठमाण्डौंको टोखा नगरपालिकाको फ्लोरोसेन्ट माध्यमिक विद्यालय रहेको छ । तीनै वटा बिद्यालयलाई पनि नगद सहित पुरस्कृत गरिएको छ ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले कृषि, स्वास्थ्य र प्राबिधिक शिक्षा बिद्यालयमा पढाउनुपर्ने बताउनु भएको छ । २ असोजको कार्यक्रमको उद्घाटन् गर्दै उनले प्रदेश सरकारले बिद्यालयको क्षेत्रमा राम्रो काम गरेको दाबी गरे । शिक्षामा अरु समस्या भन्दा पनि त्रुटी पाठ्यक्रममा रहेको बताए । अबको शिक्षा कृषि क्षेत्रमा केन्द्रीत गर्नुपर्ने उनको सुझाब छ । स्वास्थ्य क्षेत्रमा नर्स र डाक्टर पढ्नका लागि धेरै शुल्क लिने गरेकोमा आपत्ति जनाउँदै उनले भने–‘अब नर्स र डाक्टर पढाउनका लागि चाहिने शुल्क प्रदेश सरकारले तोक्छ र त्यसलाई सबैले पालना गर्नुपर्छ ।’
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले शिक्षामा सुधार गरे मात्र अन्य क्षेत्रमा सुधार हुने बताइन् । शिक्षा दिवसको कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै उनले शिक्षामा सुधार गरेमा सबै क्षेत्र सुध्रिने बताइन् । समाज सुधार र्गका लागि पहिलो व्यक्ति शिक्षक भएकाले उसले राम्रो शिक्षा दिन जरुरी रहेको बताइन् । अब प्रदेश सरकारले माध्यमिक विद्यालय स्तरको शिक्षा सुधार गर्नका लागि लगानी गरिरहेको उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्