

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा हेटौंडा सामुदायिक आँखा अस्पताल र अनड्रिम अन्धोपन परियोजनाको आयोजना तथा सहयोगमा पालिकाको विभिन्न पाँच स्थानमा निःशुल्क आँखा शिविर हुने भएको छ । शिविरको स्थानीय आयोजक इन्द्रसरोवर गाउँपालिका र इन्द्रसरोवर ग्रामिण आँखा केन्द्र कुलेखानी रहेका छन् । शिविरको स्थानीय आयोजक यहि असोज १०, ११ र १२ गते तीनदिन शिविर हुन लागेको प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले जानकारी दिए ।
फाखेल स्वास्थ्य चौकी र ५ नम्बर वडा कार्यालय चखेलमा १० असोजमा, सिस्नेरी स्वासथ्य चौकी र मार्खु स्वास्थ्य चौकीमा ११ असोजमा र इन्द्रसरोवर आँखा केन्द्रमा १२ असोजमा निःशुल्क आँखा शिविर हुने आँखा केन्द्रकी एनिस कालाखेतीले जानकारी दिइन् ।
शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीहरुको १३ असोजमा निःशुल्क अप्रेशन गरिने कालाखेतीले बताइन् । अप्रेशन गर्नुपर्ने बिरामीहरुका लागि निःशुल्क खाना, बस्न र यातायातको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए ।
हेर्नुहोस् शिविरको सूचनाः
प्रतिक्रिया दिनुहोस्