नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा रहेको मध्यबिन्दु नगरपालिकामा पालिकास्तरीय कर्मचारी हकहित संरक्षण मञ्च गठन भएको छ । पालिकाका वरिष्ठ लेखा अधिकृत सुमनराज रेग्मीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा माधव प्रसदा देवकोटा, सचिवमा विकास नरसिंह राणा, सहसचिवमा गिता चापागाई, काेषाध्यमा भुमिकला दरै चयन भएका छन् । समितिको सदस्यहरुमा माधव प्रसाद पोखरेल, रामानन्द महतो, शुभ राना, अनन्तराम सापकोटा, कालिकादेवी काफ्ले, पार्वती पंगेनी, मञ्जिता आचार्य र रेशम ढकाल चयन भएका छन् । समितिको सल्लाहकारमा सन्देश लामिछाने र भोलानाथ शर्मा पौडेल तथा प्रेम सारु चयन भएका छन् ।

समितिले संघ तथा प्रदेशस्तरीय संघर्ष समितिका लागि पालिकास्तरीय मञ्चबाट प्रतिनीधि छनोट गरी पठाउने निर्णय गरेको छ ।

 

पालिका प्रेस
थप जानकारी