

स्थानीय तह हकहित मञ्च तामाकोशी गाउँपालिकाले हालै मन्त्रीपरिषद बैठकले पास गरेको निजामती ऐनमा समेटिनु पर्ने बुदाहरू सहितको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ । गाउँपालिकास्तरीय हकहित मञ्चकी संयोजक सृष्टि केसीसहितको कर्मचारीहरुको टोलीले दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको मञ्चका सहसंयोजक प्रदिप श्रेष्ठले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी धमलाले ध्यानाकर्ष बुझ्दै कर्मचारीहरुको मागप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए । ध्यानाकर्षण पत्र बुझाउन पालिका संयोजक सृष्टि केसी सहित प्रदीप श्रेष्ठ, रंजित रिमाल, सन्तोष ठाकुर, सुमन खडायत लिला केसी, गोविन्द डिसि, नारायण पाण्डे, एक्सन राई, राम कुमार कार्की, मनोज जिरेल, हरिशरण भट्टराई कासी राम ओलि, बिधान आचार्य लगायतका कर्मचारी जिल्ला प्रशासन कार्यालय दोलखा पुगेका थिए ।
हेर्नुहोस् ज्ञापनपत्रः
प्रतिक्रिया दिनुहोस्