लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको आयोजनामा आत्माहत्या न्यूनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्लबले १० असोजमा ईलाका प्रहरी कार्यलय पालुङसँगको सहकार्यमा थाहा नगरको जनकल्याण माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेकोे हो ।

कार्यक्रममा जनकल्याण माबिका कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई आत्महत्या न्युनिकरणका उपायहरुको बारे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले प्रशिक्षण दिनुभएको थियो । लियो क्लव अफ पिस थाहानगर बर्ष २०२३/२०२४ का अध्यक्ष रोशनी गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा जनकल्याण माबिका प्रधानाध्यापक सानोभई कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्ष जयराम खत्री, बर्ष २०२३÷२०२४का कोषाध्यक्ष दिपेन्द्र कुमार थिङ, सचिव निरज रायमाझीको आतिथ्यता रहेको थियो । लियो क्लव अफ पिस थाहा नगरका निवर्तमान अध्यक्ष निशा बिष्टले सञ्चालन गरेको कार्यक्रममा लियो क्लवका पूर्व अध्यक्ष अनन्त ढकाल, सचिव प्रेरणा खत्री, कोषाध्यक्ष स्मिता बिष्ट लगायताको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी