थाहानगरका फाेटाे पत्रकार गणेश विष्टले खिचेका थाहानगरका ज्येष्ठ नागरिकका उत्कृष्ट फाेटाेहरु प्रदर्शनीमा राखिने भएकाे छ । राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल र एजिङ नेपालको आयोजनामा १३ असोजमा ललितपुरको पाटन दरबार क्षेत्रमा हुने ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनीमा विष्टले खिचेका फाेटाेहरु पनि राखिने भएकाे हाे । विष्ट फाेटाे प्रदर्शनी कार्यक्रमका संयाेजकसमेत हुन् ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिने कार्यक्रम संयोजक बिष्टले बताए । कार्यक्रममा सक्रिय जेष्ठ नागरिकको ६० वटा १२/१८ को तस्वीरहरू प्रदर्शनीमा राखिने छ । जेष्ठ नागरिकको दैनिकी, जेष्ठ नागरिकको मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ ।

प्रदर्शनीमा राखिने तस्वीरहरुले नयाँ पुस्तामा उत्साह तथा उमंग जगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने संयोजक विष्टले बताए । एजिङ नेपाल जेष्ठ नागरिकको हक अधिकार तथा न्यायको निम्ति काम गर्ने संस्था हो भने राष्ट्रिय फोटो पत्रकार समूहमा देशभरका फोटो पत्रकारहरुको साझा संस्था हो ।

राष्ट्रिय फोटो पत्रकार समूहले यस अघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्धनका फोटोहरु प्रदर्शनी गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघको अगुवाइमा हरेक बर्ष १ अक्टोबर विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ ।

पालिका प्रेस
थप जानकारी