

नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहानगर इकाईको आयोजनामा विश्व मुटु दिवसको अवसर पारेर थाहा नगरपालिका वडा नम्बर ४ किटेनीमा रहेको किरातेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
‘मन लगाउ, आफ्नो मुटु जोगाउ’ भन्ने नाराकासाथ मनाइएको मुटु दिवसको अवसरमा ३८ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको प्रतिष्ठान थाहानगरका उपाध्यक्ष गिता कार्कीले जानकारी दिइन् । दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गर्दै प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले वृद्ध बुबा आमाहरुले आफ्नो मुटु स्वस्थ राख्न खानपिनमा विशेष ध्यान दिन आग्रह गर्दै सकेसम्म शारीरिक ब्यायाम अलिअली भए पनि गर्न आग्रह गरे ।
प्रतिष्ठान थाहानगर इकाई समितिका उपाध्यक्ष कमल कुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा ४ का अध्यक्ष नारायण लामा, ३ का हिरेन्द्र कुमार रायमाझी, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सभापति मनश्याम बस्नेत, किरातेश्वर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सिताराम अधिकारी लगायत प्रतिष्ठान थाहानगरका पदाधिकारी हरुको उपस्थिति रहेको थियो । ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा भएको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर गगन कार्कीको टिमले स्वास्थ्य परीक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्