नेकपा माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत थाहा नगरपालिका वडा नम्बर ७ को तल्लो सल्लेमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । अभियानको थाहानगर कमान्डर प्रकाशचन्द्र पाण्डेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो।
कार्यक्रममा थाहानगर प्रमुख विष्णु बिष्ट आदर्श तथा वडा नम्बर ७ का निर्वाचित वडा सदस्यहरुसंग जनताको गुनासो तथा छलफल गरिएको थियो । कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी, माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा, नगर सदस्यहरु इच्छापुर्ण कार्की, दिपक लामा, इमानसिंह लामा, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ थाहाका अध्यक्ष नेमराज थिङ लगायतको उपस्तिथि रहेको थियो।
प्रतिक्रिया दिनुहोस्