सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगरप्रमुख जितेन्द्र गुप्तालाई विशेष अदालतले ६ महिना कैद सजाय हुने फैसला गरेको छ ।  विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको इजलासले गुप्ता सहित नगरपालिकाका इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गर्दै ६ महिना कैद सजया सुनाएको छ ।

उनीहरुमाथि १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । दुवैजनाबाट कैदसँगै १ लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिमाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको थियो । गत ३ माघमा अख्तियारको टोलीले घुस लिदा लिदै पक्राउ गरेको थियो ।

पालिका प्रेस
थप जानकारी