जिल्ला खेलकुद विकास समिति मकवानपुरले १० जना खेलाडीको दुर्घटना बीमा गरेको छ । हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका अध्यक्ष भेष खड्कीले समिति अन्तरगत रहेका खेलाडीको बीमा गरिदिएको जानकारी दिए । अध्यक्ष खड्कीका अनुसार, समितिले १० जना खेलाडीको प्रतिव्यक्ति पाँच लाखका दरले ५० लाखको सामूहिक दुर्घटना बीमा गरेको हो ।

११ असोजबाट लागू हुने बिमा एक वर्षको रहनेछ । अध्यक्ष खड्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तहस्तरीय प्रतियोगिता आगामी मंसिर महिनासम्ममा हुने जानकारी गराए । जिल्ला खेलकुदले काजकिस्तानको अस्तान शहरमा हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनोट भएकी मकवानपुर की खेलाडी रोशनी घलानलाई सम्मान गरेको छ ।

हेटौंडा उपमहा नगरपालिका वडा नम्वर १४ निवासी घलानलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनी नेपालको तर्फबाट बक्सिङ खेल्न जान लागेकी हुन् ।

पालिका प्रेस
थप जानकारी