थाहा नगरपालिकाको पशु शाखाको आयोजनामा विश्व पशुपंछी दिवस मनाईएको छ । थाहा नगरपालिका भित्र रहेका विभिन्न पशु फाममा रहेका पशु चौपायालाई पौष्टिक आहार व्यवस्थापन गरी विश्व पशुपंछी दिवस मनाईएको हो। यसवर्ष “साना ठुला जनावर,माया गरौं बराबर“ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । पशु मानवविचको अन्योआश्रित सम्बन्ध छ। तर पनि पशु अधिकारमा मान्छे चुकिरहेकाले पशुप्रति देखाउने हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने थाहा नगरपालिकाका कृषि तथा पशु शाखाका प्रमुख संजय तिवारीले बताए।

विश्व भरिनै १९७१ देखि नै पशुपंछी दिवस मनाउन थालिएको हो । नेपाल पनि सदस्य राष्ट्र भएका कारण यो दिवस नेपालमा पनि मनाईने गरेको प्रमुख तिवारीले जनाए । स्थानीय सरकारले पशुपंछी कुषि क्षेत्रमा लगानी गरेपनि प्रतिफल सकारात्मक नआउनु दुःखद रहेको उनले बताए ।

थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले पशुपंछीप्रपत निर्दयी व्यवहार नगर्न तथा पशु कल्याणकारी कार्यमा सवैको ध्यानाकर्षण होस भन्ने भावना जागृत गरी पशु अधिकारको सुनिश्चितताका लागि पशुपंछी दिवस मनाईएको वता ए।

सबैको सहयोग सहकार्य सकारात्मक सोचवाट मान्छेमा व्यापक जनचेतना जागृत गरी पशुपंछिको संरक्षण सबैले जुट्नु पर्ने वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको भनाइ छ । दिवसको अवसरमा मन्जिल कृषि तथा पशुपंछी फार्म, डाडाँघरे बा को कृषि तथा पशुपंछी फार्म, लामिछाने गाई तथा कृषि फार्म र पिपि कृषि तथा पशुपंछी फार्मलाई निशुल्क पौष्टिक आहार उपलब्ध गराएको हो ।

पालिका प्रेस
थप जानकारी