भरतपुर महानगरपालिकाका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको माग र चलिरहेको आन्दोलन बारे नगर प्रमुख रेणु दाहाललाई जानकारी गराएका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले चरणबद्ध आन्दोलन गरिरहेकै अवस्थामा भरतपुर नगरपालिकाका कर्मचारीहरुले पनि स्थानीय तहका कर्मचारीहरुले भोग्नुपरेका समस्या र उठाएका मागहरु बारे मेयर दाहाललाई जानकारी गराएका हुन ।

स्थानीय तहका कर्मचारीरुले बुझाएको पत्र बुझ्दै मेयर दाहालले तिनै तहमा कार्यरत कर्मचारीहरुलाइ समान व्यवहार हुने खालको ऐन आउनुपर्ने बताउदै आफुले समेत सक्दो पहल गर्ने समेत बताउनु भएको सामाजिक सञ्जाल मार्फत महानगरका कर्मचारीहरुले जनाएका छन । स्थानीय तहका कर्मचारीहरुको मागबारे महानगर प्रमुख दाहाल लाई जानकारी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी हुने र माग पुरा हुने विश्वास गरिएको छ । मेयर दाहाल लाइ स्थानीय तहका कर्मचारीको माग र आन्दोलन बारे जानकारी हुँदा माग पुरा गर्न सजिलो हुने भन्दै खुशी व्यत्त गरिएको छ ।

निजामती सेवा ऐन भनेर संघीय सरकार अन्तर्गतका कर्मचारीहरुलाइ मात्रै समेटेर ल्याउन खोजिएको निजामती सेवा ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेट्न नसकेको भन्दै स्थानीय तहका कर्मचारीहरुले असन्तुष्टि जनाउदै आएका छन ।

पालिका प्रेस
थप जानकारी