विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन तिहारको सन्दर्भ पारेर थाहानगरमा रंगोली प्रतियोगिताको आयोजना गरिएको छ । स्थानीय स्काउटको कार्यालय थाहा नगरको आयोजनामा २२ कार्तिकमा पालुङ जेसिज सभाहलमा प्रतियोगिता भएको हो।

प्रतियोगितामा सरस्वती मावि आग्रा देउखेलका विद्यार्थीहरुले बनाएको रंगोलीले प्रथम भएको छ । जनकल्याण माबिका विद्यार्थीहरुले बनाएको रंगोली द्वितीय र मत्स्यनारायण स्काउट ट्रुपका विद्यार्थीहरुले बनाएको रंगोलीले तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता स्काउट ट्रुपका विद्यार्थी तथा विद्यालयलाई स्थानीय स्काउट थाहा नगरपालिकाका संयोजक गणेशमान श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्