नेकपा माओवादी थाहा नगरपालिका वडा नम्बर १ को आयोजनामा वडा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत कार्यक्रम भएको हो । नेकपा माओवादी मकवानपुर जिल्ला इन्चार्ज तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सुनौलो डाँडामा कार्यक्रम भएको हो।
भेलालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले चाडपर्व सहज र सरल तरिकाले मनाउन आग्रह गर्दै जनताको पार्टी माओवादी मात्र भएकोले जनताको अवस्था बदल्न तल्लिन रहेको बताइन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु माओवादीमा प्रवेश गरेका थिए । भेलाले सुवास थोकरको अध्यक्ष्तााम २३ सदस्यीय वाइसीएल वडा कमिटी समेत गठन गरेको छ । कमिटिको उपाध्यक्षमा एजित प्रधान, सचिवमा राम बलामी र कोषाध्यक्षमा सुनी लामालाई चयन गरेको छ ।
नेकपा माओवादी थाहा १ नम्बर वडाका अध्यक्ष हिराकाजी गोपालीको अध्यक्षतामा भएको बृहत् भेलामा नेकपा माओवादी तीन महिने अभियानका थाहा कमान्डर प्रकाशचन्द पाण्डे ‘प्रलोक’, बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ, माओवादी थाहा इन्चार्ज तथा नगर प्रमुख बिष्णु बिष्ट, माओवादी थाहाका अध्यक्ष विनोद कुमार लामा, जिल्ला समन्वय समिती सदस्यहरु अरुण रायमाझी, लक्ष्मण बिष्ट, प्रमोद गोपाली, जेष्ठ कम्युनिस्ट मञ्चका बागमती प्रदेश सदस्य बिष्णु गोपाली, सहिद सुनिताकी आमा मैजुमाया गोपाली, जिसस सदस्य सुवर्ण गोपाली, वाइसीएल थाहाका अध्यक्ष मानसिं दोङ, वडा अध्यक्षहरु हेरमान गोपाली, हिरेन्द्र रायमाझी, नारायण लामालगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

























































प्रतिक्रिया दिनुहोस्