मकवानपुरको थाहा नगरपालिकाको फाँटबजारमा छैटौं विनयबाबु स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको २५ कात्तिकमा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरिन् । मन्त्री मोक्तानले खेलाडीहरु देशका गहना भएकाले अनुशासित भएर खेल खेल्न आग्रह गर्दै प्रदेश सरकारले खेल र खेलाडीको हितमा हुनेगरी काम गरिरहेको सुनाइन् ।

विनयबाबु स्कृति प्रष्ठिानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा थाहा नगरपालिका वडा नम्बर २ का अध्यक्ष बम बहादुर सिन्तान, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, प्रतिस्ठानका संस्थापक बिजयबाबु बस्नेत, विनयबाबुका पिता बिष्णु बहादुर बस्नेत, थाहानगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीलगाएतकाको आतिथ्यता रहेको थियो ।

१७ वटा टिमले सहभागीता रहेको प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक विनयबाबु स्कृति प्रतिष्ठानले चम्पाकेश्वरलाई पराजित गरेको छ भने छहारी युवा क्लवले उन्युचौर आग्रालाई पराजित गरेको छ । थाहा ५ खेलकुद विकास समितिले शसक्तलाई, किङ ब्रदर्स रुप्सेले सेभेन स्टार आग्रालाई पराजित गर्दा साबिक बिजेता आमभन्ज्याङ युवा क्लवले युनिटी युवा क्लवलाई पराजित गरेको छ ।

कार्तिक २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ । प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ ।

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता छैठौँ हो । प्रतियोगिताको चौथो र पाँचौँ संस्करणको उपाधी मकवानपुरगढी गाउँपालिकाले जितेको थियो । लगातार दुई वर्ष उपाधी चुमेको मकवानपुरगढीले यस वर्ष पनि उपाधी चुमेमा गढीले रनिङ शिल्ड पूर्णतः आफ्नो बनाउनेछ ।

पालिका प्रेस
थप जानकारी